१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु



खोटाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गङ्गाप्रसाद ढकालको बाँदर धपाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ ।

बाँदर धपाउन गएका ढकाललाई विद्युत्को पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली आज घटनास्थलमा गएको उनले बताएका छन् ।

बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा करेन्ट लागेर ढकालको मृत्यु भएको हो । उनी परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न गएका थिए ।
जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि खाली खुट्टा धपाउन जाँदा उनलाई करेन्ट लागेको हो । विद्युत् प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।

घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।