३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्रकार रजकको मृत्युबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग



काठमाडौं
समाजवादी प्रेस सङ्गठन नेपालले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको रहस्यमय मृत्युको घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ ।
सङ्गठनले उक्त घटनाको छानबिनका लागि दबाब दिन शान्तिबाटिकामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सत्यतथ्य अनुसन्धानका लागि आयोग गठनको माग गरेको हो ।
अध्यक्ष शम्भु श्रेष्ठले रजकलाई आगो लगाएर गरिएको हत्याको निन्दा गर्दै त्यस घटनाले समग्र प्रेस जगत् मर्माहत भएको बताएका छन् । उनले पीडित परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको लोकतान्त्रिक मुलुकमा प्रेस तथा सञ्चारकर्मीमाथि हुने आक्रमण निर्लज्ज रहेको बताउँदै राज्य र आन्दोलनकारी दुवैको निशानामा परेर करिब ३० पत्रकारले ज्यान गुमाएको जानकारी दिएका छन् ।
दिवङ्गत पत्रकार रजकका दाजु दिनेश रजकले भाइको मृत्यु रहस्यमय रहेको भए पनि त्यसको अनुसन्धानमा सरकार संवेदनशील नरहेकामा चिन्ता व्यक्त गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए । सङ्गठनले यसअघि रजकलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।