३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित जापानी अभिनेत्री माहो टेलिचलचित्र ‘मनको बाँध’मा अभिनय गर्दै



काठमाडौं
नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा चर्चित अभिनेत्री माहोको अभिनय देख्न पाइने भएको छ ।
विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् ।
जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् ।
फेसन र डिजिटल दुनियाका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत देख्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक बेलुकी ७ बजे प्रशारण हुँदैछ ।
‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ निर्देशक प्रदीप खड्गीले बताए ।
नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिचलचित्रमा पृथक गर्न खोजिएको निर्देशक खड्गीको भनाइ छ ।
उनले यसअघि नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रीलर मुभि अपीच्य, बहुभाषी चलचित्र हिमआँधी लगायतका ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।