३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दिलिप र प्रियंका ‘झ्यामकी मादल झ्याम’ गीतमा छमछमी नाचेपछि…



 

‘हेल्लो काँशीराम’ मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय  छ

काठमाडौं
नेपाली चलचित्रमा राम्रो नृत्य गर्नसक्ने कलाकार गनिन्छन्, अभिनेता दिलिप रायमाझी । लामो अमेरिका बसाईपछि उनी भर्खरै नेपाल स्थायी बसोबास गर्ने गरि फर्केका छन् । उनको चलचित्र क्षेत्रमा सुखद कमव्याकसँगै चलचित्रमा देखिन थालेका छन् ।

पछिल्लो चलचित्र ‘हेल्लो काँशीराम’को नयाँ गीतमा उनी अभिनेत्री प्रियंका कर्कीसँग छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ । चलचित्र टिमले प्रचारात्मक अभियानको क्रममा विहीबार ‘झ्यामकी मादल झ्याम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो ।

‘हेल्लो काँशीराम’ मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्कीलाई यस चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ ।

गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत कलाकारहरूको नृत्य देख्न सकिन्छ ।
रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् भने चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ ।

आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।