८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको टिकाभैरवमा मिनी टाटा दुर्घटना



ललितखबर
दक्षिण ललितपुरको टिकाभैरवमा मिनी टाटा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउका अनसार महाकाल गाउपालिका २ मानिखेलबाट चापागाँउतर्फ सवार दुध बोक्ने बालवाहक गाडी गोदावरी नगरपालिका ६ टिकाभैरवमा आज विहान ११ बजे ब्रेक फेल भएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार महाँकाल गाँउपालिका २ मानिखेल निवासी सवारी धनी तथा चालक ध्रुवप्रसाद तिमल्सिनाले चलाइरहेको अवस्थामा टिकभैरव मन्दिर नपुग्दै ओरालोमा ब्रेक फेल भएर गाडी खोलामा पल्टेको थियो । दुर्घटनामा उनी सहित वर्ष २० की श्रृजना तिमल्सिना र वर्ष २० का निरज तिमल्सिना घाइते भएका छन् ।
घाइते तीनै जनाको अवस्था सामान्य रहेको र उनीको उपचारपछि घर फर्केको प्रहरीको भनाई छ ।
स्थानीय प्रत्यक्षदर्शी श्यामकृष्ण श्रेष्ठका अनुसार गाडी बल्ड्याङ खाएर खोला नजिकै पुगेको थियो ।
दुर्घटनापछि करिव १ हजार लिटर दुध पोखिएर नष्ट भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ४ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।