२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वरका टिपरको ठक्करपछि स्कुटर चालकको निधन



काठमाडौं

काठमाडौंको गोकर्णेश्वरका टिपरको ठक्करपछि मध्यरातमा एक स्कुटर चालकको निधन भएको छ ।

प्रहरीका अनुसार शनिबार राती गोकर्णेश्वर नगरपालिका ४ माईती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको टिपर र प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटर दिएपछि सो घटना घटेको हो ।

दुर्घटनापछि सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–७ घर भएका गोकर्णेश्वर नगरपालिका–४ तालिञ्चोक बस्ने स्कुटर चालक २३ वर्षीय पासाङ शेर्पाको निधन भएको प्रहरीले पुष्टि गरेकोे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा निधन भएको थियो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया अघि बढाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।