२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एलिना चौहानको स्वरमा सरला र लक्ष्मणको ’दुखें धेरै दुख्न पुग्यो’(भिडियोसहित)



काठमाडौं । वरिष्ठ साहित्यकार, गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचनामा लोकप्रिय गायिका एलिना चौहानको स्वर र युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा ‘दुखें धेरै दुख्न पुग्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

अशोक थापाको संगीत संयोजन, दिल सार्कीको रेकर्डिङ र प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् । म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन तथा मिन रावलको सम्पादन रहेको छ ।

कविडाडा साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त गीतको भिडियो सार्वजनिक गरेका थिए । कार्यक्रममा यस वर्षको कविडाडा सुवर्ण तुलसी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई रु एकाउन्न हजार नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यकार, गीतकार, गायक तथा संगीतकारहरूको उपस्थिति रहेको थियो । एलिना चौहानको स्वरमा रहेको उक्त गीतको विषेश चर्चासहित विभिन्न व्यक्तिहरुलाई गीतकार सरला श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिइन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।