२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुरक्षा पन्तको प्रतिरक्षामा प्रधानमन्त्री– भन्छन्‘कलाकारको बहिष्कारले फरक पर्दैन, हेर्ने र सुन्ने धेरै छन्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षामा उभिएका छन् । एमाले निकट जनसांस्कृतिक महासंघको मंगलबार आयोजित महाधिवेशनमा बोल्दै प्रधानमन्त्रीले एक टिभी अन्तर्वार्तामा भनेका कुरालाई लिएर राजावादीबाट आलोचित अभिनेत्री पन्तको बचाउ गरे ।

कलाकार र फिल्मलाई बहिष्कार गर्दा अरुलाई फरक नपर्ने बताउँदै प्रधानमन्त्रीले राजावादीले सहन नसकेको बताए । उनले भने, ‘थुप्रै छन् मान्छेहरू हेर्ने, सुन्नेहरु । कला मनपराउनेहरू, विभेद नगर्नेहरू, स्वतन्त्रताको झण्डा उठाउनेहरू थुप्रो छन् । अर्को एउटा कलाकारले को बोल्नुभएको थियो- फिल्म बहिष्कार रे । कस्तो सहनै नसकेको होला ।’

प्रधानमन्त्रीले अघि भने, ‘एकजना कलाकारले एउटा मंचमा एकदुई शब्द बोल्दिएछिन् । डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, वाक स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने । तानाशाहीको प्रेत कस्तरी चम्किएको होला ?’

कलाकार र फिल्मलाई बहिष्कार गर्छु भन्नेप्रति प्रधानमन्त्री आक्रामक सुनिए । उनले भने, ‘नाती, पनाती, खलातीलाई राजा बनाउने कि भन्दा त्यस्तो कुरा त नगरौं है त्यो नचाहिने कुरा भन्दा तिम्रो जिन्दगीभरी बहिष्कार गरेर पुग्छ । घरमा गएर सोध आमालाई, म स्वतन्त्र नागरिक हुँ राजा चाहिन्न भन्दा तिमी भात खान्छौं कि आमाको रिसले निस्किएर हिँड्छौ । फेरि तानाशाहीको प्रेत घरीघरी तर्साउन आइरहन्छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।