११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गुहेश्वरीमा अपरिचित महिलाको शव फेला



काठमाडौँ
काठमाडौँ महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक आचार्यले भने, “गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।”

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।