१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता रमेश उप्रेती लामो समयपछि चलचित्र क्षेत्रमा, ‘महाराजधिराज’ अनुबन्ध



काठमाडौं
लामो समयदेखि चलचित्र क्षेत्र बाहिर रहेको अभिनेता रमेश उप्रेती ‘महाराजधिराज’मार्फत चलचित्रमा फर्कने भएका छन् ।

चलचित्र ‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका हुन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका छन् ।

चलचित्र ‘ऐश्वर्य’पछि उनी फेरि चलचित्रमा देखिन लागेका हुन् । केही गीतका भिडियोमा भने रमेश देखिएका थिए । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।

अभिनेता उप्रतीसँगै अभिनेता पल शाह यस चलचित्रमा अभिनय गर्दैछन् । यस चलचित्रको पोस्टर समेत सार्वजनिक भइसकेको छ । शाहको वस्त्रविहीन पोस्टर सार्वजनिक भएसँगै विभिन्न कोणबाट टिप्पणी भएको थियो ।

निर्देशक सेनको लेखन रहेको यस चलचित्र विराज बिष्टले निर्माण गर्दैछन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ११ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।