सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात् गर्न पाउँदा खुशी
दार्जिलिङ
नेपाली चलचित्र पछिल्लो समय नेपाल बाहेक विभिन्न देशमा निरन्तर प्रर्दशन भइरहेको छ । संसारभर रहेका करिव ७ करोड नेपाली माझ चलचित्र पु¥याउन नेपाली चलचित्रकर्मी प्रयासरत छन् ।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका नेपालीहरुलाई केन्द्रित गरेर सुरु भएको प्रर्दशन अव विदेशमा रहेका नेपाली भाषीलाई केन्द्रित गरेर चार सुरु गर्न थालिएको छ ।
प्रदर्शोन्मुख चलचित्र ’जार’का निर्माण टोलीले केही दिनदेखि भारतको सिक्किम र दार्जिलिङमा चलचित्रको प्रचार गरिरहेको छ ।
केही दिनअघि सिक्किमा चलचित्रको प्रिमियर गरेको निर्माण पक्षले भारतको दार्जिलिङमा स्थानीय पत्रकारहरुसँग साक्षत्कार गरेको छ ।
साक्षात्कार कार्यक्रममा चलचित्रका अभिनेता अनुपविक्रम शाहीले यो सिनेमाको हिस्सा बन्न पाउनु आफ्नो करियरको ठुलो उपलब्धि रहेको बताएका छन् ।
साहित्कार इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथिको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको उनले बताए ।
उनले सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात् गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ’जार’ उपयुक्त विकल्प रहेको बताए ।
निर्देशक फुर्वाछिरिङ लामाले ’जार’ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको भन्दै गोर्खाली नयाँ पुस्तालाई नै आफ्नो चलचित्र समर्पित गरिएकोले हेरेर साथ दिन आग्रह गरे । यो चलचित्र हामीले गोर्खालीकै लागि तयार गरेका हौँ, आइबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोशिश गरेका छौँ’, उनले भने ।
कार्यकारी निर्माता ज्योति क्षेत्रीले चलचित्रको प्रचारको क्रममा सिक्किममा सम्पन्न प्रिमियरमा दर्शकको समीक्षाले उत्साहित बनाएको बताइन् ।
यो चलचित्रमा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय छ ।








प्रतिक्रिया