२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दोश्रो गोदावरी मेयर कप फुटवल प्रतियोगिता सुरु



पाटन (ललितपुर)
ललितपुरको चापागाँउमा दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
आज शनिबार गृहमन्त्री रमेश लेखकले चापागाँउ टाहाखेलस्थित खेल गोदावरी बहुउद्देश्यीय रङ्गशालामा मेयर कपको शुभारम्भ गरेका छन् ।
प्रतियोगितामा १३ वटा फुटवल टिमको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखक, वागमती प्रदेस सासंद मिनकृष्ण महर्जन, नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायत सहभागी थिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता जेठ ३ गते समापन हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।