काठमाडौं
निर्देशक तथा कलाकार निश्चल बस्नेतको स्वर र नृत्य रहेको चलचित्र ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ ।
राजधानीको ठमेलस्थित एक चलचित्र भवनमा औपचारिक कार्यक्रम आयोजना गरेर चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
गीतमा निर्देशक बस्नेतसँगै अभिनेत्रीहरु अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, दयाहाङ राई र खगेन्द्र लामिछानेको नृत्य हेर्न सकिन्छ ।
चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ ।
दृश्यमा चलचित्रका मुख्य कलाकार र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ । कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन् । गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।
चलचित्र आगामी जेठ १५ गते प्रर्दशन देशभर प्रर्दशन गर्ने निर्माण पक्षको तयारी रहेको छ । कार्यक्रममा बोल्दै निर्देशक बस्नेतले चलचित्र छायाँकनका क्रममा भएका रमाइला क्षणहरुबारे बोलेका थिए ।
चलचित्रका निर्देशक निर्देशक दिनेश राउतले समसायिक कथामा चलचित्र निर्माण भएको बताए ।
अभिनेता दयाहाङ राईले आफू नृत्यमा पारंगत नभए पनि कोरियोग्राफर सुनिल क्षेत्रीले को सहयोगमा नृत्य गरेको बताए । अर्का कलाकार खगेन्द्र लामिछानेले आफू पनि नृत्य गर्न नसक्ने भन्दै मेहनतका साथ छायाँकन गरिएको अनुभव सुनाए ।








प्रतिक्रिया