१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाल मन्दिर प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भए पनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए।
महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो। गणेशमान सिंहकी छोरी रीता (७१ वर्ष) नेपाल बाल संगठनको तत्कालीन अध्यक्ष थिइन्।

यस्तै तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमितिका संयोजक कृष्ण शंकर साह, बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिवद्वय श्यामकुमार आले र सुवास कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ। पोखरेल कांग्रेस नेता हुन्।

यस्तै बाल संगठनकै तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक प्रवीणराज जोशी, सोही विद्यालयका तत्कालीन सञ्चालक मुरारी निधि तिवारी, विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, सञ्चालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेयविरुद्ध मुद्दा दर्ता भएको हो।

उनीहरुले ठगी गरी नेपाल बाल संगठनलाई ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ ५ पैसा नोक्सानी पु¥याएको भन्दै सोही बराबर बिगो कायम गरिएको छ। अपराध संहिता २०७४ को दफा २४९ अनुसार कसुर पुष्टि भएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।