२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऊनको स्वीटर’को प्रिमियरमा पाहुनाको भीड



ललितखबर
राजधानीमा हरेक हप्ता चलचित्रको प्रिमियर आयोजना हुन्छ । कतिपय चलचित्रको प्रिमियरमा हलका सिट खाली हुन्छ भने कुनै प्रिमियरमा पाहुनाको भीडले अत्याउछ ।

बुधबार राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा यस्तै भयो । ४ बजेका लागि ‘ऊनको स्वीटर’ प्रिमियरका लागि आगन्तुक बोलाइएको थियो । साडे चार बजे नै हलको सिटहरु आगन्तुकले भरिए । हल बाहिर  भीड थियो ।

आयोजकले बोलाएका पाहुना प्रवेश पासको खोजीमा थिए । भीडमा पर्खनेहरुलाई ढिलो गरेर उपलव्ध भयो । केही केही भने चलचित्र नहेरि घर फर्किए ।
चलचित्रको गीत टिजर,पोस्टर र ट्रेलरको प्रचार र दर्शकहरुबीच भएको चर्चाका कारण प्रिमियरमा आगन्तुकहरुको उत्साहजनक सहभागिता बढेको आयोजनले प्रतिकृया दिएका छन् ।

एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकहरूको सहभागिता रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, सांसद असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी, अञ्जना बराइली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, कलाकारहरू सुरज तमु, भावना खपाङ्गी मगर, निर्देशक नवीन चौहानलगायत सबैको सहभागी थिए ।

कार्यक्रममा भएको असुविधाका लागि निमार्ण पक्षले माफी मागेको थियो ।

आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको चलचित्र ‘‘ऊनको स्वीटर’ ’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईसँगै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरजस्ता कलाकारको अभिनय छ । पाँचथर र भारतको फालेलुङ क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथा समेट्ने प्रयास गरेको निर्देशक चौहान बताउँछन् । चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।
शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।