८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्कुल भ्यान दुर्घटना हुँदा १७ बालबालिका घाइते



काठमाडौं । सिन्धुलीमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् । तिनपाटन गाउँपालिका-२ भिमस्थानमा सोही स्थानमा रहेको गैरिशंकर बोडिङ्ग स्कुलको ना१झ ६३०२ नम्बरको भ्यान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइँदैछ ।
अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ । भ्यानमा २५ जना सवार रहेका थिए । भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।