८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रहरु ‘ऊनीको स्वीटर‘ र ‘जार’ प्रर्दशनमा



ललितखबर
आज शुक्रबारबाट चलचित्रहरु चलचित्रहरु ‘ऊनीको स्वीटर‘ र ‘जार’ प्रर्दशन सुरु भएको छ ।

विपिन कार्की र मिरूना मगरको अभिनय रहेको चलचित्र ’ऊनको स्वीटर’ र सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाही को अभिनय रहेको चलचित्र ’जार’ प्रर्दशन सुरु भएको हो ।

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ’जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेको छ । यस चलचित्र फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र भारतको सिक्किमा टायांकन गरिएको छ ।
गत मंगलबार राजधानीमा आयोजना गरिएको प्रिमियरमा सहभागीहरुले यस चलचित्रको निर्माण पक्षलाई लिएर प्रशंसा पाएको थियो ।

चलचित्र ’ऊनको स्वीटर’ नवीन चौहान निर्देशिन गरेका छन् । पूर्वी नेपालको गुरुङ र लिम्बु समाजमा वाहुन परिवारभित्रको कथामा चलचित्र निर्माण गरिएको छ ।
प्रेमकथामा आधारित यस चलचित्रको बुधबार राजधानीमा प्रिमियर गरिएको थियो । सहभागीहरुले चलचित्र राम्रो बनेको प्रतिकृया दिएका थिए ।

चलचित्रमा विपिन र मिरूनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायतको अभिनय छ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।