दर्शकले ’जार’प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं
काठमाडौँ
नेपाली चलचित्र ‘जार’ले भारतमा दर्शकको साथ पाएको छ ।
चलचित्र हेर्ने दर्शकको संख्या बढेसँगै त्यहाका हलहरुले धमाधम शो बढाउन थालेको चलचित्रको निर्माण पक्षले जानकारी दिएको छ ।
यही शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ’जार’को भारतको नेपालीहरुको बसोबास रहेको सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको छ । यहाँका मल्टिप्लेक्सहरूले दर्शकको उत्साजनक सहभागिता बढेपछि शो थप गरेका हुन् ।
सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्री बताउछिन् । उनका अनुसार दार्जीलिङमा पनि चलचित्रको शोज थप भएको छ । हलहरूले शो थपको लागि सम्पर्क गरिरहेका छन् । उनले भनिन्, ’दर्शकले ’जार’प्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।’
दोश्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका शहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा चलचित्र प्रदर्शन हुन बााकी छ ।
नेपालमा पनि यो चलचित्रलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएको बताइएको छ । कलाकारसहितको निर्माण टिम शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको छ ।
रञ्जना सिनेमाज्, क्यूएफएक्स छायाँ सेन्टर, क्यूएफएक्स लाविङ मल लगायतका हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए । पर्दामा देखिरहेका कलाकारहरूलाई नजिकबाट देख्दा दर्शक उत्साहित देखिए, सेल्फीमा रमाए, अटोग्राफ लिए ।
च्लचित्रको निर्देशक फुर्वाछिरिङ लामा गरेका हुन् ।
।
चलचित्रमा ’जार’मा सौगात मल्ल र अनुपविक्रम शाहीसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।








प्रतिक्रिया