काठमाडौँ
आज काभ्रेको पनौतीमा भारी बर्षा भएको छ ।
पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको छ । अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ । यहाँ बर्षे झरि सम्झाउने गरि बर्षा भएको हो ।
महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो ।
त्यस्तै आज गुल्मीमा पनि ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । पछिल्लो एक घण्टामा बागमती, लुम्बिनी र कर्णालीका कतिपय पहाडी भूभागमा वर्षा भइरहेको उनले बताएका छन् । हाल चितवन, मकवानपुर, बारा र पर्सा आसपास पानी पर्ने बादल रहेको तथा मेघगर्जनसहितको पानी परिरहेको छ । उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
भोलि कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने तर पश्चिम तराईमा गर्मीकै अवस्था रहने जनाइएको छ ।








प्रतिक्रिया