२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मखन आगलागी घटनामा मृत्यु हुने नाङ्लोमा सामान बस्ने महिला



काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको छ । बुधबार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो ।

आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई स्थानीयहरू ‘चरिकोटे बुढी’ भनेर चिन्थे । उनी दोलखाको चरिकोटकी स्थानीय हुन् ।

आगलागी सुरु भएपछि निसास्सिएर उनको मृत्यु भएको आकलन गरिएको छ । दयाराम श्रेष्ठको घरबाट फैलिएको आगो रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो । आगलागी सुरु भएपछि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थलमा पुगेका थिए । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ११ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।