३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सफल अभिनेत्री केकी अधिकारी एक वर्षपछि ठूलो पर्दामा देखिदै



उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन । पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो

काठमाडौं
सफल अभिनेत्री केकी अधिकारी एक वर्षपछि ठूलो पर्दामार्फत दर्शकमाझ देखिने भएकी छिन् ।

भोलि शुक्रबारबाट देशभर प्रर्दशन हुने ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि हल हल प्रर्दशन हुने चलचित्रमाफृत देखिने भएकी हुन् ।

केकी ‘बोक्सीको घर’पछि हालम्म कुनै पनि चलचित्रमा देखिएकी छैनन् । ‘बोक्सीको घर’मा मुख्य भूमिकामा अभिनय सँगै उनी निर्मात्री पनि थिइन् । सो चलचित्र बक्स अफिसमा सुपरहिट सावित भएको थियो ।

एउटै व्यक्तिले धेरै काम लिँदा त्यसको तनाव र दौडधुपले केही समय ब्रेक लिएको उनले बताएकी छिन् । एक वर्षपछि आफूले चाहे अनुसारको काम गर्न पाएको केकीले बताइन् ।

‘के घर के डेरा ः घर नं २’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । केकी यो सिनेमाको मुख्य भूमिकामध्ये एकमा छिन् ।

केकी र दीपेन्द्रको यो पहिलो सहकार्य हो । केकी अभिनेत्रीका रूपमा र दीपेन्द्र निर्देशकका रूपमा स्थापित भए पनि यी दुईले हालसम्म कुनै पनि सिनेमामा सहकार्य गरेका थिएनन् ।

“उहाँ (दीपेन्द्र के खनाल) आफैँमा अब्बल कथावाचक हो । तर, उहाँसँग काम गर्ने अवसर मिलेको थिएन,” केकीले भनिन्, “पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो ।”

केकीले मौलिक र आम नेपालीको कथामा सिनेमा ‘के घर के डेरा : घर नं २’ बनेको बताइन् । घर हुने र बनाउन चाहनेहरूको कथा सिनेमामा रहेका उनको भनाइ छ ।

गाउँबाट काठमाडौं आएर संघर्ष गर्नेहरूको कथा सिनेमामा रहेको उनको भनाइ छ । काठमाडौंका कथालाई मौलिक होइनन् भन्ने बुझाइ पनि कतिपय अवस्था रहेको उनले बताएकी छन् ।

 

अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन्

“अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,” उनले भनिन्, “अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।”

‘के घर के डेरा ः घर नं २’को सबैभन्दा बलियो पक्ष यसको स्क्रिप्ट निर्देशन रहेको उनको भनाइ छ । कथा, निर्देशन, अनुभवी कलाकार र कामप्रतिको डेडिकेसनले सिनेमा राम्रो बनेको उनको विश्वास छ ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा केकीसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । ‘के घर के डेरा ः घर नं २’ जेठ २ गते रिलिज हुँदैछ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ ।

‘के घर के डेरा ः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।