काठमाडौँ
मेलाम्चीको खानेपानी पठाउने मुहानस्थल सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांगे्रसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताएका छन् ।
सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उहाँले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएका हुन् ।
“मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्”, सासंद चालिसेले भने।








प्रतिक्रिया