काठमाडौं
नेपाली चलचित्र क्षेत्रका चीरपरिचित अभिनेता हुन् दयाहाङ राई । अभिनेता राई पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक सक्रिय नायक हुन् । निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा दबदबा कायम राख्न सफल अभिनेता राईको धेरै चलचित्र उस्तै भूमिका र स्वरुपमा देखिएको बेला बेलामा सुनिन्छ ।
तर अभिनेता राई पछिल्ला चलचित्रमा आफूलाई फरक र परिस्कृत बनाउदै लगेका छन् ।
जेठ १५ गते प्रर्दशनको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को भर्खरै सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई अनौठो भेषमा देखिएका छन् । दौरा–सुरुवाल, खैरो टोपीमा देखिएका राईले सयपत्रीका माला पहिरिएका छन् । उनले खादा लगाएका छन् तर प्रफुल्ल मुन्द्रमा छैनन् । उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन् । यी तीनै पात्रको अनुहारको भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र सङ्घर्षको सङ्केत दिन्छ ।
पोस्टरमा अभिनेताहरु आर्यन सिग्देल र खगेन्द्र लामिछाने पनि अटाएका छन् ।
’सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही नयाँ पोस्टर सार्वजनिक गरिएको हो ।
यो चलचित्रका निर्देशक दिनेश राउत हुन् । उनको यो आठौँ चलचित्र हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा सुवेदीले लेखेका छन् ।
यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहजस्ता कलाकारको अभिनय हेर्न पाइनेछ ।
‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ ।








प्रतिक्रिया