१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल र नीति शाहद्वारा चलचित्र मोहोरको ‘चाहिदैन मोहर’ छायाँकन



काठमाडौं
अभिनेता पल शाह र अभिनेत्री नीति शाहले चलचित्र ‘मोहर’को शिर्ष गीतको छायांकन सम्पन्न गरेका छन् । यो गीतको छायांकन चितवन र नवलपरासीमा गरिएको छ ।
निर्माणपक्षले ५ दिन लगाएर चितवन र नवलपरासीमा गरेको गीतमा पल र नीति रोमान्टिक देखिएका छन् ।
‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाँई र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
यो गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्र साउनको २३ गतेबाट प्रर्दशनमा आउँदैछ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बनजंग शाही हुन् ।
चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।
दिपेन बस्न्यातको छायांकन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
फिल्मको केही तस्वीर र फस्टलुक सार्वजनिक भएसँगै दर्शकको चासो समेत चलचित्रलाई लिएर बढेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।