काठमाडौं
सहकारी समस्यालाई उठान गरेर निर्माण गरिएको चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ ।
पछिल्लो समय चलचित्र ‘महाभोज’को ट्रेलर युट्युवमा ५ लाख पटक हेरिएको छ भने सयौं सकारात्मक प्रतिकृया आएको छ ।
दिनेश राउतद्वारा निर्देशित बहु प्रतीक्षित चलचित्र ‘महाभोज’ को आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको थियो ।
ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि चलचित्र प्रर्दशन अधिकारको माग बढ्न थालेको निर्माण पक्षले जानकारी दिएको छ । यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा प्रर्दशन हुने तय भएको ‘महाभोज’का अब बेलायत र कोरियामा पनि प्रदर्शन हुने भएको छ । निर्देशक दिनेश राउतले अन्य धेरै देशबाट पनि चलचित्र प्रदृशनका लागि माग आइरहेको जानकारी दिए ।
‘महाभोज’को ट्रेलरले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि पीडित भएकाहरूको कारुणिक कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ । ट्रेलरमा सहकारी पीडितहरूको पीडा, जागिरेहरूको मनोव्यथा र राजनीतिक चलखेल गर्नेहरूको कथालाई मार्मिक ढङ्गले देखाइएको छ ।
हिमाल कडरिया निर्माता रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको प्रस्तुति हो । विकास सुवेदीले लेखेको ुमहाभोजु जेठ १५ गते नेपालसँगै विश्वका अन्य केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।








प्रतिक्रिया