अञ्जनाको पत्रकारको कडा प्रश्नको उत्तर दिने ढंग देखिएन
ललितखबर
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा अभिनेत्रीहरु मलिका महत र अञ्जना बराइली उस्तै साडीमा सझिएर पत्रकार सम्मेलनमा पुगे । उस्तै मेकअप र ड्रेस कोडमा पुगेका उनीहरुको आनीबानी र शिलस्वभाव भने फरक देखियो ।
कार्यक्रममा एक पत्रकारले अभिनेत्री अञ्जना बराइलीलाई सोधे, ‘तपाईका पछिल्ला चलचित्र फ्लप हुन थाले नि ।’ उनी झनक्क रिसाइन्, ‘मैले गर्नु पर्ने अभिनय गरेको हुँ । चलचित्रको सबै जिम्मा कलाकारको हुँदैन । म सबै कुरा टाउकोमा बोकेर हिड्दिन ।’
त्यस्तै अर्का पत्रकारले अभिनेत्री मलिका महतलाई सोधे, चलचित्रको भूमिका हेर्दा त तपाईंले कुटाई पो खानु हुन्छ जस्तो छ त?
तर कडा प्रश्न भूईमा झर्न नपाउदै अभिनेत्री कलिका शान्त भएर जवाफ फर्काउन थालिन् । भनिन्, ‘मैले अभिनय गरिरहँदा उहाँहरुको दुःख पो बुझें । मेरो भूमिका त्यस्तो पनि छैन ।’
सधै शान्त देखिने मलिकाको जवाफ सुन्दा उनको पत्रकारहरु समेत तीन छक्क परे । धेरै पत्रकार र युट्युवरले अञ्जनाको रिसले भरिएको जवाफलाई एक्सक्लुसिभ समाचार बनाए ।
‘आफ्नो चलचित्रहरुले राम्रो व्यापार गरिरहेको’ र आफू गसिपले नभई व्यावसायिक हिसावले सफल रहेको बताउदै आएकी अञ्जनाको पत्रकारको कडा प्रश्नको उत्तर दिने ढंग देखिएन ।
चलचित्रकर्मीले बेला बेलामा विभिन्न प्रश्नको सामना गर्नुपर्छ । कतिपय ठाँउमा नायक नायिकाले कडा र बेतुकको प्रश्नले समेत सामना गर्नुपर्ने अवस्था आउछ ।
कतिपय चलाख चलचित्रकर्मीले कुटनीतिक जवाफ फर्काएर पञ्छिन्छन् । तर धेरै कलाकार विवादमा फस्छन् ।
बौैद्धिक भनिएका अभिनेत्री समेत घमण्डले अत्तालिएर आलोचना खेप्नु परेको अवस्थामा अञ्जनाले पनि मलिकाबाट सिक्ने कि ?
प्रतिक्रिया