२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पत्रकारहरु पुरस्कृत



झापा
चलचित्र पत्रकार संघ नेपालले ७ जना चलचित्र पत्रकारलाई पुरस्कृत गरेको छ ।
इलामको श्रीअन्तुमा आयोजित राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको सन्दर्भमा सम्मान तथा पुरस्कारबाट पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

संघले पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान(२०८२), विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२), नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२), जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार(२०८२) र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार(२०८२) प्रदान गरेको हो ।

रजत सम्मान प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५५ हजार ५५५ र पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारलाई नगद ५१ हजारसहित सम्मान गरिएको संघका महासचिव रघुनाथा सापकोटाले बताएका छन् ।

त्यस्तै, पत्रकार रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार(२०८२) र तुलसी प्रसाद निरौला (कोश्)िलाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार(२०८२) प्रदान गरेको छ । प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

भेला भोलि शुक्रबार सम्पन्न हुनेछ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।