२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


रंगपत्रकार भोला अधिकारीको गीत ‘गैदिउँ भागेर’ सार्वजनिक



काठमाडौं
रंगपत्रकार भोला अधिकारीको शब्द रचनामा ‘गैदिउँ भागेर’बोलको पुर्वेली गीत भखैरै सार्वजनिक भएको छ ।
पुर्वेली गायक अर्जुन घिमिरे र बिन्दु परियारको स्वरमा रहेको गीत ‘गैदिउँ भागेर’हालै सार्वजनिक भएको हो । गीतमा लय रबिन अधिकारीले गरेका छन् । पुर्वको ओखलढुङ्गा,पोकली झरना,उदयपुर,सप्तकोशीदेखि धनकुटासम्मका सेरोफेरो गीतका शब्दमा समेटिएका छन्।
गीतकार अधिकारीले माया प्रेमका भावमा प्रकृति र ठाउँ विषेशलाई गीतको शब्दमा उनेका छन् ।
गीतको भिडियोमा गायक घिमिरेकै अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा गीतु पराजुली र सन्तोष बराईलीले साथ दिएका छन् ।
गायक घिमिरे गीतसंगीतमा गाएर मात्रै पछिल्लो समय नहुने समय आएको तर्क गर्दै भिडियोमा आफ्नो अनुहार देखाउनु पर्ने अवस्था रहेको कारण आफूले भिडियोमा अभिनय गरेको बताउछन् ।

केबी भण्डारीको एरेन्ज गरेको यो गीतको भिडियोमा दीपेश एसकेले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। भिडियोलाई प्रेम लामाले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।
यसअघि गीतकार भोलाको सिर्जनाहरु ‘पुर्वै मोरङको’,‘रुमाल फाटिगो’लगायत एक दर्जन गीत सार्वजनिक भइसकेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, शनिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।