३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परिवर्तन’मा अञ्जना बराइली र सुशील श्रेष्ठ अनुबन्धित



 

काठमाडौँ

अभिनेत्री अञ्जना बराइली र सुशील श्रेष्ठको जोडी नयाँ चलचित्र ‘परिवर्तन’मा अनुबन्धित भएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय निर्देशक विजय केरुङले निर्देशन यो चलचित्रको निर्देशन गर्ने भएका छन् ।

चलचित्रहरु ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल चलचित्रहरूमा अभिनय गरेकी अञ्जना सँगै ‘आउटल ः दफा २१९’बाट एक्सन अभिनेताको रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठ रहेने पक्का भएको हो ।
यस चलचित्रमा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहने बताइएको छ ।
यो चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने बताइएको छ ।

 

दिब्यासी फिल्म्स प्रा।लि।को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् ।
उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायीका साथै समाजसेवामा सक्रिय व्यक्ति हुन् । सिवाकोटीले नै चलचित्रको कथा लेखेका हुन् ।
‘परिवर्तन’ चलचित्रको छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ ।

चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् ।
छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि।सं। २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।

((

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।