काठमाडौं
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता जयकिसन बस्नेत एक्कासी विरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसीमा)मा भर्ना गरिएको हो ।
अभिनेता बस्नेतको मृगौलामा पत्थरी देखिएको उनका दाज’ तथा चलचित्र निर्देशक शोभित बस्नेतले बताएका छन् । उनका अनुसार छोराको उपचारका क्रममा सोही अस्पतालमा रहेको अवस्थामा उनी एक्कासी ढलेका थिए ।
मृगौलाको अपरेसन गरेर पत्थरी निकाल्ने तयारी भइरहेको छ ।
उनमा जण्डिसको मात्रा धेरै देखिएको र कलेजोमा समेत समस्या रहेको डाक्टरहरुले बताएका छन् ।
प्रतिक्रिया