१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता जयकिसन बस्नेत अस्पताल भर्ना



काठमाडौं
नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता जयकिसन बस्नेत एक्कासी विरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसीमा)मा भर्ना गरिएको हो ।
अभिनेता बस्नेतको मृगौलामा पत्थरी देखिएको उनका दाज’ तथा चलचित्र निर्देशक शोभित बस्नेतले बताएका छन् । उनका अनुसार छोराको उपचारका क्रममा सोही अस्पतालमा रहेको अवस्थामा उनी एक्कासी ढलेका थिए ।
मृगौलाको अपरेसन गरेर पत्थरी निकाल्ने तयारी भइरहेको छ ।
उनमा जण्डिसको मात्रा धेरै देखिएको र कलेजोमा समेत समस्या रहेको डाक्टरहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।