१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कमल थापाको प्रस्ताव, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं’



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् । १५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०-२१ वर्षको हुनुभयो ।’उनले यदि वृद्ध राजा चाहिए त्यसमा ज्ञानेन्द्र शाह पनि राजा बन्‍न तयार हुनुपर्ने बताए । उनले भने, ‘अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनुपर्छ ।’

उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।