१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता अक्षय कुमार भन्छन्, ‘परेश रावलको निर्णयबारे अदालत जान्छौं’



 

बलिउड चलचित्र ‘हेरा फेरी ३’ मा परेश रावलले काम गर्न अस्वीकार गरेपछि शुरु भएको विवाद अब अदालतमा जाने भएको छ ।
चलचित्रका निर्माता समेत रहेका अभिनेता अक्षय कुमारले पहिलो पटक यस विषयमा प्रतिक्रिया दिएका छन् । उनले यो एकदमै गम्भीर विषय भएको र यस विवादको निर्णय अदालतबाट मात्र हुने बताएका छन् ।

अक्षय कुमार हालै ‘हाउसफुल ५’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । यस क्रममा, जब उनलाई परेश रावलले हेरा फेरी ३ छोडेको बारेमा सोधियो, अभिनेताले जवाफ दिए, ‘सबैभन्दा पहिले उनको बारेमा केहि पनि गलत भन्न बन्द गर्नुहोस् । म विगत ३०(३२ वर्षदेखि उहाँसँग काम गर्दै आएको छु । हामी धेरै मिल्ने साथी हौं । उहाँ एक उत्कृष्ट अभिनेता हुनुहुन्छ र म उहाँलाई धेरै सम्मान गर्छु । मलाई लाग्दैन कि यो यस विषयमा छलफल गर्ने ठाउँ हो । यो गम्भीर विषय हो र जे हुनु पर्ने हो त्यो अदालतमा नै फैसला हुनेछ । त्यसैले, म यहाँ यसबारे केही भन्न चाहन्न ।’

परेश रावलले हालै ‘हेरा फेरी ३’ छोडेकोमा प्राप्त कानुनी सूचनाको बारेमा आफ्नो मौनता तोडेका थिए । उनले उनका वकिलले कानुनी जवाफ पठाएको र अब यो विषय शान्त हुने बताएका थिए ।

परेश रावलका वकिलहरू आनन्द र नाईकले यस विवादका बारेमा भनेका छन्( परेश रावललाई न त चलचित्रको कथा दिइएको थियो, न पटकथा न त परियोजनामा सामेल हुन आवश्यक सम्झौताको कुनै मस्यौदा दिइएको थियो । यसबाहेक, मूल चलचित्रका निर्माता नाडियाडवालाले आफ्नो क्लाइन्ट (परेश रावल)लाई नोटिस पठाए र चलचित्रनिर्माणमा आपत्ति जनाए, त्यसैले उनका क्लाइन्टले परियोजना छोडे र ब्याजसहित पैसा फिर्ता गरे ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।