१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाभोज’को विशेष प्रदर्शनीमा सहकारी पीडितले गरे नाराबाजी



राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ

काठमाडौं
पछिल्लो समय देशभरका सहकारीमा समस्या छ । ठाँउ ठाँउमा सहकारी पिडितले नाराबाजी गरिरहेको देखिनु नौलो कुरा होइन ।
मंगलबार राजधानीको सुन्धारास्थित एक चलचित्र भवनमा सहकारी पिडितहरुले नाराबाजी गरेका छन् ।

 

पिडितहरुले कुनै सहकारीविरुद्ध वा सरकारसँग माग राखेर नाराबाजी गरेका भने होइनन् । चलचित्र महाभोज हेरेर सहकारी पिडितहरुको उत्साहित हुँदै नाराबाजी गरेका हुन् ।
निर्माण पक्षले देशभरका ६० जना सहकारी पीडितहरूलाई चलचित्रको रिभ्युका लागि सहभागि गराएको थियो ।

सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।”

सहभागी पिडितहरुले निर्माण पक्षले राम्रो चलचित्र निर्माण गरेको भन्दै प्रशंसा गरेको सुनिन्थ्यो । उनीहरुले सहकारी पिडितहरुलाई समस्या समाधान गर्न सही बाटो देखाएको समेत प्रतिकृया दिए । चलचित्रले मनोरञ्जनसँगै आन्दोलनको आवाज उठाएको बताएका छन् ।

चलचित्रको प्रर्दशनीका क्रममा सहभागीहरुले निर्देशक राउतको निर्देशकीय क्षमताको प्रशंसा गरेका छन् ।

यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुँदैछ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।
चलचित्र महाभोज भोली विहीबार गणतन्त्र दिवसको सन्दर्भ पारेर प्रर्दशन सुरु हुँदेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।