काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको हल्ला चलाइएको र त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।
‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् । र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन् । त्यो असत्य कुरा हो । बेठीक कुरा हो । त्यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भने ।
गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीतिक पूर्वाग्रहप्रेरित रहेको दाबी पनि गरे । ‘मेराविरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहप्रेरित र षड्यन्त्रमुलक छ । र, त्यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु,’ उनले भने ।







प्रतिक्रिया