काठमाडौँ
बलिवुड अभिनेत्री जान्हवी कपूर करण जोहरको अर्को चलचित्रमा अनुबन्ध भएकी छन् ।
जोहरकै फिल्म धड्कबाट बउिुडमा प्रवेश गरेकी जान्हवी हालै करण जोहरकै चलचित्र ‘होमबाउन्ड’ का कारण चर्चामा रहेकी छन् । अब जान्हवी करण जोहरको चलचित्र ‘लग जा गले’मा देखिने भएकी छन् । यस चलचित्रमा जान्हवीको नायक टाइगर श्राफ हुने छन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेता टाइगर श्राफ चलचित्र ‘लग जा गले’ मा जान्हवी कपूरको अपोजिटमा देखिनेछन् । दुवैले पहिलो पटक चलचित्रमा सँगै अभिनय गर्दैछन् । यो चलचित्र राज मेहताले निर्देशन गर्नेछन्। यो बदलाको प्रेमकथा हुने बताइएको छ भने चलचित्रमा धेरै एक्सन पनि हुने बताइएको छ ।
हाल टाइगर श्राफ चलचित्र ‘बागी ४’ मा व्यस्त छन् भने जान्हवी कपूर ‘सनी संस्कार की तुलसी कुमारी’ मा व्यस्त छिन् । यी दुवैले यी चलचित्रहरूबाट फुर्सद पाएपछि मात्र‘लग जा गले’ चलचित्रको छायांकन सुरु गर्नेछन् । चलचित्रको छायांकन यस वर्षको अन्त्यमा सुरु हुने अपेक्षा गरिएको छ । यो चलचित्र अर्को वर्ष अर्थात् २०२६ मा रिलिज हुन सक्ने बताइएको छ ।
जान्हवी कपूरको अर्को ‘परम सुन्दरी’ हो । यस चलचित्रमा उनी सिद्धार्थ मल्होत्रासँग देखिनेछिन् । जान्हवीले ‘सनी संस्कार की तुलसी कुमारी’ नामक चलचित्र पनि गरिरहेकी छिन् । यसबाहेक, जान्हवी अर्को वर्ष प्रर्दशन हुने साउथ चलचित्र ‘पेड्डी’ मा पनि देखिनेछिन् । यस चलचित्रमा उनी राम चरणसँग देखिनेछिन् ।








प्रतिक्रिया