१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गगन थापाले देखे गणतन्त्रको यात्रामा सुधारको आवश्यकता



 

काठमाडौँ
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका हुन् ।

उनले असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो रहेको बताउदै सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बन्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्–

गणतन्त्र दिवसको शुभकामना ! जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ ।

असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ । सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् । लोकतान्त्रिक मूल्य र जनआकांक्षाका पक्षमा हामी सबै एकजुट बनौं।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।