१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नारायाणी नदिमा फसेका २२ जनाको सकुशल उद्वार,टिपर डुव्यो



भरतपुर महानगरपालिका १६ शिवघाटस्थित नारायाणी नदिको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।

नारायाणी नदिमा बाध बाधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदिको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।

उनीहरु नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । नदिको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।