१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ईटा भट्टामा मान्छे जलाएको मुद्दामा अफताब आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधिशहरु विरुद्ध उजुरी



काठमाडौं

ईटा भट्टामा मान्छे जलाएको मुद्दामा अफताब आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधिशहरु विरुद्ध उजुरी परेको हो ।

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुरको वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको छ ।

न्यायाधीश थारु र महर्जनविरुद्ध युवराज सफलले शुक्रबार न्यायपरिषदमा उजुरी पेश गरेका हुन् ।

युवराज सफलले आलमलाई सफाइ दिने उच्च अदालत न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी पेश गरि दर्ताको लागि सनाखत समेत गरेको जानकारी दिएका छन् ।
उनले न्याय परिषद्ले यस विषयवस्तु उपर अनुसन्धान एवम् छानबिन गरि आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरेका छन् ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमविरुद्ध प्रमाण नपुगेको भन्दै जिल्ला अदालत रौतहटको आदेश उल्टाएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।