१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ठूलो परिणाममा अमेरिकी डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ



काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सयसहित चिनियाँ नागरिक ३२ वर्षीय शाओजुन लिउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।