२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चितवनको गर्मीमा चलचित्र ‘बिगुल’को धमाधम छायांकन



चितवन
निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ चलचित्रको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् ।

‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’ दिनेश कोइरालाको कथा रहेको चलचित्रमा समाजीक बिषयबस्तु उठान गरिएको छ ।

बेनीशा हमाल,नरेन खड्का,बिनोद न्यौपाने,नीर शाह,रबिन्द्र खड्का,रमेश बुढाथोकी,गीता अधिकारी,सरोज खनाल,शिसिर वाङ्देल,इश्वरी बराललगायतका साथमा नव अभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा रहेको चलचित्रले मनोरञ्जनका साथमा समाजीक सन्देश समेत प्रस्तुत गर्ने बताइन्छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता कल्पना पौडेल हुन् ।

कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत रहेको चलचित्रको गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नेछन् । शिब ढकालको छायांकन रहेको चलचित्रमा एनवी महर्जनको द्वन्द्व निर्देशन,मौनता श्रेष्ठको पटकथा,श्याम केसीको निर्माण ब्यबस्थापन छ । फिल्म ०८२ भित्रै दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।