२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


अनलाइन सञ्चारमाध्यम दियोपोष्ट डटकममाथि प्रेस काउन्सिलद्वारा प्रतिबन्धको लागि पत्राचार



काठमाडौं
अनलाइन सञ्चारमाध्यम दियोपोष्ट डटकममाथि प्रेस काउन्सिलद्वारा प्रतिबन्धको लागि पत्राचार गरिएको छ ।

नियतबस समाचार लेखेको भन्दै काउन्सिलले सो अनलाइन सञ्चारमाध्यमलाई देशैभर हेर्न नमिल्ने लागि पत्राचार गरिएको छ ।

सञ्चार माध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालले केही समयअघि सो अनलाइनलाई कालोसूचिमा राखेको थियो ।

रीता बुढाथोकी सम्पादक र सुदिप विक सञ्चालक रहेको दियोपोस्ट डटकममा प्रकाशित समाचारमाथि प्रतिबन्ध लगाउने र सञ्चार माध्यममाथि नै समाचार प्रकाशनमा प्रतिबन्ध गरेको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण भएको जनाउदै पत्राचार संविधान विरोधी कदम त हो नै पत्रकार आचारसंहिताको समेत ठाडो बर्खिलापमा रहेको भन्दै विज्ञप्ती प्रकाशन गरेको छ ।

३ वर्षअघि प्रेस काउन्सिल नेपालका अध्यक्ष वालकृष्ण बस्नेतको अनुभव पत्र सम्बन्धी समाचार लेखेको सम्बन्धमा सो समाचार स्थगन गर्नुपर्ने आदेश दिइएको थियो । सो समाचार स्थगन नगरे सञ्चार माध्यमलाई दूरसंचार प्राधिकरणमा पत्राचार गरि देशैभर हेर्न नमिल्ने बनाइने भनि गरिएको स्प्रष्टिकरण सोधिएको थियो ।
सो अनलाइनले नियमनकारी निकायको आदेशलाई अटेर गर्दै आएको थियो ।

 

 

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।