२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विवादमा फस्ने डरले चलचित्रको नाम ‘जनै हराएको मान्छे’ बन्यो



काठमाडौं
चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम विवाद हुने अवस्था आएपछि परिवर्तन गरिएको छ । । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे ? सम्बन्धका धागाहरू’ रहने भएको छ ।

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा विरोध गर्न सक्ने अवस्था देखाएपछि विवादमा फस्न अवस्थाबाट बच्न निर्माण पक्षले चलचित्रको नाममा बाहुनको ठाउँमा मान्छे राखिएको बुझिएको छ ।

भदौ ६ गते प्रर्दशन हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको पात्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् ।

रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ ।

उनको निन्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।

निर्माणपक्षले विजयलाई एउटा ट्याग दिएको छ । विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको हो ।

छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनको टेबुलमा छ ।

यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।

निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ ।

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ । चलचित्रमा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको पनि अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के।सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मस्ले वितरणको जिम्मा लिएको चलचित्र ‘जनै हराएको बाहुन स् सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने छ ।

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । यस्तै विसं। २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको बाहुन स् सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् । सिनेमा दिने विजय र केकी ‘जनै हराएको बाहुन स् सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।