१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले लेखे– ‘म झोले हो’



काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । पछिल्ला दिनहरुमा बढिरहेको राजावादी आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले राजावादी आफूलाई मन नपर्ने बित्तिकै ‘झोले’ भन्ने प्रवृत्तिको विरोध गरे ।
उनले ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो ।’

केहीवर्षदेखि नेपालमा चलिरहेको ‘पपुलिज्म’ को विषयमा कसैलाई भगवान बनाउनका लागि सामूहिकताका विश्वास गर्नेहरुलाई झोले भन्ने प्रवृत्ति रहेको ओलीको आरोप छ । असत्यले भीड जम्मा गर्ने र त्यससँग शक्ति भए पनि सत्य अगाँल्न छाड्न नहुने बताएका छन् ।

‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।