३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डाँका समूहद्वारा लुटपाटसँगै दाजुको हत्या, भाई घाइते



 

राजविराज (सप्तरी)

सप्तरीमा डाँका समूहदले एक घरमा लुटपाटसँगै घरधनीकोको हत्या गरेको छ भने एक जना घाइते बनेका छन् ।

डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । डाँकाको आक्रमणमा परी चौधरीका भाई रमाकान्त घाइते भएका छन् ।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।