५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु



 

काठमाडौं
आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।

चलचित्रमा सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मा समापिका गौत्तम,कुशुम शर्मा,रमा थपलियालगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशक सिमोश सुनुवार रहेका छन् ।

प्रेम र कमेडी मिश्रित चलचित्रको निर्माण पक्षले राजधानीमा आयोजना गरेको प्रिमियरमा सहभागीहरुले चलचित्र राम्रो रहेको भन्दै प्रतिकृया दिएका थिए ।

मुइन इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्र ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । यस अघि खुलेको अग्रिम बुकिङ उत्साहजनक भने छैन । देशभरका करिव १ सय ५० पर्दामा चलचित्र प्रर्दशनको शो खुलेको निर्माण पक्षको भनाई छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।