५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पिताम्बर–२ निर्माणको घोषणा



काठमाडौं । चलचित्र पिताम्बरको सिक्वेल बन्ने भएको छ । पिताम्बर टीमले प्रदर्शनको ५१औँ दिन मनाउँदै यसको सिक्वेल निर्माणको घोषणा गरेको हो ।

चैत २९ गतेबाट प्रदर्शनमा आएको पिताम्बरले बिहीबार ५१ दिन मनाएको छ। यो चलचित्रले रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बीएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो ।

निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच ५१औँ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ । पिताम्बरलाई कृषा चौलागाईंले निर्देशन गरेकी छिन् । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्टलगायतको अभिनय छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शुक्रबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।