१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘नेपाल आइडल’की निर्णायाक इन्दिरा जोशी अचानक शोबाट गायव



ललितखबर
चर्चित फ्रेन्चाइज रियालिटी शो ‘नेपाल आइडल’की निर्णायक इन्दिरा जोशी अचानक शोबाट गायव भएकी छिन् ।
विहीबार प्रशारण भएको थियटर राउण्डमा उनी देखिइनन् । कार्यक्रम सुरु हुनुअघि प्रशारण भएको भिडियो क्लिपमा उनी काम पारिवारिक तथा अत्यन्त विशेष कारणले देशबाहिर जानु परेको कारण उपस्थित हुन नसकेको बताएकी छिन् ।
सिजन १ देखि सिजन ६ सम्म निरन्तर निर्णायक भएर काम गरेक चर्चित गायिका समेत रहेकी जोशी आफू प्रिगाला राउण्डमा उपस्थित हुने उनको प्रतिबद्धता छ ।
कार्यक्रममा कालीप्रसाद बास्कोटा र न्ह्यु बज्राचार्यले प्रतियोगिहरुको प्रतिभा पहिचान गरेर छनौट गरेका छन् ।
नेपाल आइडलले नेपाली साँगेतिक बजारमा नयाँ नयाँ प्रतिभा जन्माइरहेको छ । नेपाल आइडलका धेरै प्रतिश्पर्धीहरु पछिल्लो समय बजारमा चर्चामा रहेका देखिन्छन् ।

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।