काठमाडौं
बक्सअफिसमा हिट अभिनेत्रीको रुपमा परिचित छिन्, अञ्जना बराइली । उनको महाजात्रा,पुर्ण शहादुरको सारंगी र पुजार सार्कीले बजारमा हंजामा नै मच्चायो ।
यद्यपी उनको विर्सन लायक चलचित्र ‘चित्रा’ र ‘डोरी’ छन्, जुन व्यावसायिक रुपमा सफल भएनन् ।
‘चित्रा’ र ‘डोरी’ सुपरफ्लप भए । चलचित्र ‘चित्रा’का निर्माता तथा अभिनेता सन्तोष अधिकारीले प्रचारमा सहयोग नगरेको भन्दै अन्जनालाई अर्को चलचित्रमा नखेलाउने भन्दै रिसै पोखेका थिए। थोरै दृश्य भएकै कारण अन्जनाले त्यो सिनेमाको पोस्टर समेत सामाजिक सञ्जालमा राखिनन्। यसले पनि चित्त दुखाएका सन्तोषको नजरबाट नै आउट भएकी अन्जनाको अर्को चलचित्र ‘डोरी’पनि फ्लप भयो ।
डोरीको कथा राम्रो भएता पनि पात्र सुहाउँदो थिएन। यसमा पनि उनको निर्माण पक्षसँग लफडा परेको गाइँगुइँ सुनियो।
उनको डेब्यु चलचित्र ‘महापुरुष’ नै उनको हिट चलचित्र थियो। तर दुर्भाग्य हरिवंश आचार्यको टिमसँग उनको चर्चै चलेन। उनी मात्र होइन यो चलचित्रबाट आशिर्वाद क्षेत्रीलाई समेत दर्शकले चिनेनन्। पहिलो चलचित्र नै व्यवसायिक हिटको मातमा परेकी अन्जनाका चलचित्र ‘पूजार सार्की’,‘पुर्ण बहादुरको साराङ्गी’सम्म आइपुग्दा हिटै हिट भए। यतिबेलासम्म अन्जना बराईलीलाई दर्शकले चिने।
पछिल्लो समय निर्माताहरुले उनीमाथी पैसा छाप्ने अभिनेत्रीको रुपमा लिन थालेका छन् । उनले जुन सिनेमा खेल्यो त्यहीँ सफल भएपछि उनमा घमण्ड नबड्नै कुरै भएन। हिटै हिट चलचित्र खेलेकी अन्जनालाई आजकल निर्देशकहरुसँग भेट्ने र कथा (स्क्रिप्ट) पढ्ने फुर्सद पनि छैन रे ।








प्रतिक्रिया