नेपाली चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्तमा सम्पन्न भएको छ । शुभ मुहूर्तमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जनाबराइलीले पहिलो सट दिएका छन् ।
मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले गरे भने नेपाली काँग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले ‘क्ल्याप’ हानेका थिए ।
झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा(अर्चनासहित सम्पन्न शुभ मुहूर्तमा कार्यक्रममा कलाकारहरू सुशील श्रेष्ठ, अञ्जना बराइली, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्कीका साथै निर्देशक विजय केरुङ र निर्माता दीपक सिवाकोटी लगायत चलचित्र युनिट उपस्थिति थियो । साथै, अन्य स्थानीय जनप्रतिनिधिहरू र समाजसेवीहरूको पनि उपस्थिति थियो ।
मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । चलचित्रको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ । निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ ।
दिब्यासी फिल्म्स प्रा।लि।को ब्यानरमा निर्माण हुने यस
चलचित्रका निर्माता दीपक सिवाकोटीले नै यसको कथा लेखेका हुन् । चलचित्रमा सुशील र अञ्जना सहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् ।
‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि।सं। २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।








प्रतिक्रिया